सवारी दुर्घटनामा परि बिते ‘बहकिने मन’का प्रस्तोता महाविर

Thankot Times

थानकोट । 

सञ्चारकर्मी महाविर विश्वकर्माको मंगलबार बिहान सवारी दुर्घटनामा परेर निधन भएको छ । 

विश्वकर्मा सवार ना २ ख २३८२ नम्बरको माइक्रो बसमा च्यापिएका उनलाई झण्डै २ घण्टापछि निकालिएको थियो । सडक छेउ बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा उनी सवार माइक्रो ठोक्किएको थियो ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

पछिल्लो समय राजधानी काठमाडौं बस्दै आएका उनी निर्वाचनमा मतदान गर्न चितवन आएका उनका भाइ भुवन विश्वकर्माले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।

उनले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए ।

उनले सञ्चालन गरिरहेको कार्यक्रम ‘बहकिने मन’ देशभर चर्चित छ । देशका १०० बढी एफएम रेडियोबाट उनको कार्यक्रम प्रसारण हुने गर्छ ।

उनी पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य रहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ