फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट
थानकोट ।
आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सरकारी, संस्थान, संघ प्रदेश र स्थानीय तहका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो ।
यातायात व्यवस्था विभागको वेबसाइट dotm.gov.np मा गई नम्बर प्लेटका लागि आवेदन दिन सकिनेछ । सोअनुसार नजिकको यातायात कार्यालयमा गई राजस्व विवरण तिरी नम्बर प्लेट जडान गर्न सकिने विभागले जनाएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालय गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग गई नम्बर प्लेट जडान गर्न सकिने विभागले जनाएको छ ।












