मेयरको उपस्थितिमा मदिरा पान, कुरा नमिलेपछि वडाध्यक्षले फुटाए प्रशासकीय अधिकृतको निवास

Thankot Times

थानकोट ।

घोडाघोडी नगरपालिका कैलालीमा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् ।

शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरूबिच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।

मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबिच विवाद हुँदा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् ।

स्थानीय प्रहरी अधिकारीका अनुसार घटनाबारे आधिकारिक रूपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताएका छन् ।

वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ती हानेर फुटाएको पनि कुनै पक्षले घटनाबारे औपचारिक रूपमा जानकारी नदिएको एक प्रहरी अधिकारीले बताए ।

राति अबेरसम्म सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका उनीहरू त्यहाँबाट निस्केर प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *