आजको माैसम, तराईमा हुस्सु र कुहिरो

Thankot Times

थानकोट । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन्।

सोमबार प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार देशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको  महाशाखाको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *