बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा २६ वर्षीय सविनको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको टोखा नगरपालिका-६ ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो ।

मोटरसाइकल चालक कँडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ कै २२ वर्षीय सन्देश कार्की छन् ।

उनको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *