मापसे गरी भाडाको टाटा सुमो चलाउने चालकलाई अभद्र व्यवहारमा मुद्दा

Thankot Times

थानकोट ।

काठमाडौंको फर्पिङबाट हिजो पक्राउ परेका सुमो चालकलाई आज अभद्र व्यवहार मुद्दा चलाइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार मदिरा सेवन गरी ना १ ज ८४ ६९ नम्बरको भाडाको टाटा सुमो चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोकको पनौती घर भएका ४४ वर्षीय नवराज केसीलाई हिजो ट्राफिक प्रहरीले काठमाडौँको फर्पिङबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी वृत कीर्तिपुरमा बुझाएको थियो । पक्राउ परेका के.सी.माथि अभद्र व्यवहार मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *