आगामी तीन दिनको मौसम : यी प्रदेशहरूमा बदलीको सम्भावना

Thankot Times

थानकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बुधबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भूभागमा आंशिक बदली तथा बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराई  भूभागमा हुस्सु-कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *