३५ दिनभित्र खोला किनारका बस्ती खाली गर्न प्राधिकरणको निर्देशन

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै  ३५ दिनभित्र अनधिकृत संरचना हटाउन प्राधिकरणले आह्वान गरेको हो ।

उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ ।

सूचनामा भनिएको छ, ‘त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरासमेत जानकारी गराइन्छ ।’

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *