हलचोकमा सवारी दुर्घटना हुँदा ३४ वर्षीय माेटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको हल्चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं  महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

धादिङको थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *