कस्तो रहनेछ आजको मौसम ?

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन्। शनिबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराई  भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

आइतबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *