आगामी तीन दिनको मौसम पूर्वानुमानः पहाडी भूभागमा बदलीको सम्भावना
थानकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् ।
देशका पहाडी भूभागका एक/दुई स्थानमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
सोमबार प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसविद्ले आग्रह गरेका छन् ।














