एमाले नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

Thankot Times

थानकोट ।

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

बिहान बाँस्कोटाको भक्तपुरमा रहेको घरको कम्पाउण्ड छेउमा शङ्कास्पद वस्तु रहेको खबर आएपछि बम डिस्पोजल त्यहाँ पुगेको थियो । त्यस क्षेत्रलाई घेरेर राखिएको थियो ।

यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको थियो ।

सेनाले डिस्पोज गरेसँगै त्यस क्षेत्रमा आवागमन खुलाइएको छ । शङ्कास्पद वस्तु निष्क्रिय पारेको र त्यहाँ विस्फोटक पदार्थ केही पनि नभेटिएको सेनाले जनाएको छ । बाँस्कोटा गएको ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा काभ्रे-२ बाट निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *