नेपालमा पनि विश्व माटो दिवस मनाइयो

Thankot Times

थानकोट ।

नेपालमा पनि विश्व माटो दिवस मनाइएको छ ।

‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी सोमबार नवौँ विश्व दिवस मनाइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले माटो दिवसको अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रममा कृषि र माटोसँग सरोकार राख्नेहरूले माटोको विषयमा आफ्नो धारणा राखेका छन् ।

प्रभात फेरीपछि आयोजना गरेको मूल समारोह कार्यक्रममा कृषि मन्त्रालयको पशुपन्छी तर्फका सचिव डा. दीपक खरालले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित सरोकारवालालाई आग्रह गरे । कृषिका लागि मुख्य माटो नै हो यसको संरक्षण, सम्वर्द्धनमा ध्यान दिनु पर्ने बताउँदै उनले माटोको विषयमा अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए । माटोको गुणस्तर दिनदिनै ह्रास भइरहेकोले त्यसलाई कसरी जोगाउन सकिन्छ त्यसको बारे सबैले सोच्नु पर्ने उनले धारणा राखेका थिए ।

सो कार्यक्रममा चित्रकाला प्रदर्शनी समेत गरिएको थियो ।  उत्कृष्ट तीनवटा चित्रकालालाई पुरस्कृत समेत गरेको छ ।

माटो वैज्ञानिक डा.नवीन रावल, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठ, आस्था वैज्ञानिक अनुसन्धान सेवा प्रालिका अमृत आचार्यलगायतले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *