टिपरको ठक्करबाट मोटरसाइकल चालक ३८ वर्षीय शालिकरामको मृत्यु
थानकोट ।
टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका-२ स्थित हिरापुरमा रा. १ ख. ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु. २० प. १९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो ।
ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।














