३८ पटकसम्म सवारी नियम उल्लंघन गर्ने चालकको लाइसेन्स निलम्बन
थानकोट ।
ट्राफिक प्रहरीले २६ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एसपी अवदेश विष्टका अनुसार पटकपटक नियम उल्लंघन गर्नेहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको हो।
ती मध्ये एक जनाले ३८ पटकसम्म नियम उल्लंघन गरेको पाइएको एसपी विष्टले बताए।














