आजबाट काठमाण्डाैका धारामा मेलम्चीको पानी

Thankot Times

थानकोट ।

मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा  पुग्दैछ ।

गत  असार  १७  गतेबाट  मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी  छोड्नुहुनेछ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए यो समाचार गोरखापत्र दैनिकमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *