विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच भिड्दै
थानकोट ।
विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेल आजबाट सुरू हुँदैछ । अन्तिम ८ को पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ ।
त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल भोलि राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स आइतबार बिहान पौने १ बजे हुनेछ ।
क्वाटरफाइनलको अन्तिम खेलमा सोमबार बिहान पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।
विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ ।













