आज मच्छेगाउँ-दोवन-खुसीखुसी चोक क्षेत्रमा बिहान १० बजेदेखि ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुँदै
थानकोट ।
काठमाडौंका विभिन्न क्षेत्रमा हिजो असोज १५ गतेदेखि १० दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम गर्न आज शुक्रबार चन्द्रागिरि नगर क्षेत्रका केही स्थानमा विद्युत् कटौती हुँदैछ ।
प्राधिकरणका अनुसार कीर्तिपुर वितरण केन्द्रअन्तर्गत मच्छेगाउँ-दोवन चोक तथा खुसीचोक क्ष्रेत्रमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
मौसम प्रतिकूल भएमा भने निर्धारित विद्युत् कटौती नगरिने प्राधिकरणको भनाइ छ।
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ। भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै सडकमा रहेका तार व्यवस्थापन र सहरी सौन्दर्यमा समेत सुधार पुग्ने प्राधिकरणले जनाएको छ।













