हत्या आरोपमा वडाध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

Thankot Times

थानकोट ।

दार्चुलाको ब्यास गाउँपालिका-४ डोकटका ४० वर्षीय नरसिंह विष्ट हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।

दार्चुला प्रहरीले विष्टको हत्या आरोपमा वडाध्यक्ष र पूर्ववडाध्यक्ष गरी दुई जनालाई पक्राउ गरेका हो। पक्राउ पर्नेहरुमा ब्यास गाउँपालिका–४ का वडाध्यक्ष झुनसिंह विष्ट, पूर्ववडाध्यक्ष संग्रामसिंह विष्ट छन्।

मंसिर ३ गते बेपत्ता भएका नरसिंहको भोलिपल्ट घरभन्दा केही टाढाको खोल्सामा शव भेटिएको थियो। चोटपटक लागेको अवस्थामा शव भेटिएपछि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी निरीक्षक राजेश शाहीले बताए। मतदान गरेर फर्केपछि बेपत्ता भएका नरसिंहको शव भेटिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *