मापसे गरेका मोटरसाइकल चालकले ट्राफिक प्रहरीलाई २ हजार रूपैयाँ दिएर कुरा मिलाउन खोज्दा

Thankot Times

थानकोट ।

प्रहरीले मापसे गरेका एक जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।
शुक्रबार राति करिब १०ः३० बजे काठमाण्डाै मित्रनगरमा नियमित चेकजाँचका क्रममा रा. ६ प. ६८६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा चालक ३९ वर्षीय खगेन्द्र श्रेष्ठले मापसे गरेको फेला परेको थियो ।

श्रेष्ठले मादक पदार्थ सेवन गरेको फेला परेपछि सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारबाही गर्न खोज्दा उनले ट्राफिक प्रहरी निरीक्षक संतोष श्रेष्ठलाई दुई हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाईएको ट्राफिक प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *