कलंकीनजिकै कन्टेनरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालकको मृत्यु
थानकोट ।
कन्टेनर गाडीको ठक्करबाट हलचोकमा स्कुटर चालकको मृत्यु भएको छ।
शनिबार दिउँसो काठमाडौं महानगरपालिका-१५ हलचोकमा कन्टेनर गाडीले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ग.२ ख ६१० नम्बरको कन्टेनरले बा.प्र.-०२-०२२ प १८१२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा वीरगंज महानगरपालिका-११ का ४५ वर्षीय सुवास खतिवडाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।














