चोभारमा स्कुलबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट ।

चोभारमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

आइतबार बिहान चोभारमा मोर्डन इण्डियन स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

मृतक मोटरसाइकल चालक २९वर्षीय सुवासचन्द्र रतेला सशस्त्र प्रहरी बलमा कार्यरत थिए । बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोर्डन स्कूलको ना.१ क १६१२ नम्बरको बसले सशस्त्र प्रहरी केन्द्रीय कार्यालय, हलचोकमा कार्यरत बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली-५ निवासी रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका रतेलालाई तत्काल उपचारका लागि बयोधा अस्पताल, बल्खु लगिएको थियो ।

दुर्घटनाग्रस्त सवारी साधन र चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त,कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *