जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जना यात्रुको मृत्यु, ३ जना घाइते

Thankot Times

थानकोट । 

सोमबार दिउँसो जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए ।

घटनास्थलमा नै रहेका थापाका अनुसार ३ जना घाइते छन् ।

जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले पनि पुष्टि गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ