२०७८ सालमा सम्पन्न जनगणनाको पूर्ण प्रतिवेदन पुस १५ भित्र सार्वजनिक हुने

Thankot Times

थानकोट । 

गतवर्ष सम्पन्न राष्ट्रिय जनगणनाको प्रतिवदेन पुस १५ गतेभित्र सार्वजनिक गरिने भएको छ । जनगणनाका विवरणहरु प्रशोधनको काम भइरहेको भन्दै अब तयार भएका विवरणहरु क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिएका छन् ।

‘इश्वी सम्वत २०२३ नलाग्दै जनगणनामा अहिलेसम्म तयार विवरणहरु सार्वजनिक गरिनेछ,’ उनले भने, ‘केही विवरण पछि पनि सार्वजनिक गर्न सकिन्छ ।’

तथ्यांक विभागले जनगणनाको प्रारम्भिक विवरण गत माघ दोस्रो साता सार्वजनिक गरेको थियो । जनगणनाको पूर्ण विवरण सार्वजनिक नभएका कारण अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले २०६८ सालकै तथ्यांकमा आधारित रहेर योजना/कार्यक्रम बनाएका छन् ।

प्रारम्भिक विवरणमा यस्तो छ जनसंख्यीकी तथ्याङ्क

  • कुल जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
  • पुरुष : १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत)
  • महिला : १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत)
  • नेपालमा घर संख्या : ५६ लाख ४३ हजार ९४५
  • परिवार संख्या : ६७ लाख ६१ हजार ५९
  • जनगणना घर र परिवारको अनुपात : १ः१.२०
  • १० वर्षमा थप भएको परिवार संख्या : १३ लाख ३३ हजार ५५७

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *