आजको मौसम पूर्वानुमान: पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

Thankot Times

थानकोट । 

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । यद्यपि आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदलीकाे भइरहेकाे छ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती लुम्बिनी प्रदेशका साथै प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।  

तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ