२ जना चालक नराख्ने ४१ वटा सवारी साधन नागढुङ्गामा ट्राफिक प्रहरीको कारबाहीमा

Thankot Times
थानकोट ।

लामो दुरीका यात्रुबाहक सवारी साधनमा २ जना चालक नराख्ने ४१ पटा सवारी साधनका चालकलाई ट्राफिक कम्युनिकेशन एप्लीकेशन (टीसीए)मार्फत ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

राजधानी काठमाण्डाै भित्रने मुख्य नाका नागढुंङ्गा नाकामा सो एपमार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाईएपछि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार ट्राफिक कम्युनिकेशन एप्लीकेशन (टीसीए) मा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमती पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछी नागढुङ्गा नाकासहित सातवटै प्रदेशका १५ स्थानमा रहेको चेक पोइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए-नभएको यकिन गर्ने गरिन्छ ।
२०७५ माघ २८ गतेबाट शुरु भएको यो चेकिङ केही समय संचालनपछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुन: २०७९ असोज ३१ गतेबाट शुरुवात गरे पश्चात २ महिनाको अवधिमा ४१ वटा सवारी साधनका चालक कारबाहीमा परेका हुन् ।

प्रवक्ता भट्टका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नुपर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तिमा दुई जना चालक अनिवार्य रूपमा राखी प्रत्येक छ घण्टापछि पालै पालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ भनिएको हुँदा ऐन अनुसार गर्नुपर्ने साथै तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रुपले लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई जना चालकको व्यवस्था गर्न गराउन सबैको दायित्व हुने गर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ