नेपाल वायुसेवा निगममा रोजगारीको अवसर

Thankot Times

थानकोट ।

नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो ।

रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ ।

आवेदन योग्य नागरिकलाई पुस २१ गतेभित्र आवेदन दिन निगमले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर  सात दिन पछिसम्म अर्थात् पुस २८ सम्म आवेदन दिन सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ