बसको ठक्करबाट काठमाण्डाैमा पैदल यात्रीको ज्यान गयो

Thankot Times

थानकोट।  

 काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित विमानस्थल कार्गो गेट अगाडि बा. ५ ख. ५६२२ नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ