पिपलामोडसम्म नियमित बससेवा दिन रिद्धि सिद्धि यातायातको प्रस्तावमा नगरप्रमुख गिरी ‘पोजेटिभ’

Thankot Times

थानकोट । 

देशको राजधानी काठमाण्डाैसँग जोडिने प्रमुख सडकमार्ग नागढुङ्गा नाकाभन्दा केही किलोमिटर पर रहेको पिपलामोड क्षेत्रमा अझैपनि सहज यातायात सुविधा छैन् भन्ने सुन्दा तपाँई अचम्ममा पर्नुहुन्छ होला जुन सत्य हो । 

चन्द्रागिरि नगरपालिका-२ साबिक वाँडभञ्जाङ गाविसको यस क्षेत्रमा अहिलेपनि नियमित रूपमा यात्रुबस सेवा नहुँदा विद्यार्थी देखी अन्य स्थानीय तथा बिरामीहरूले वर्षाैँदेखी सास्ती भोग्दै आएका छन् । उसो त नागढुङ्गा क्षेत्रसम्म कम्तीमा ७ वटा बस/मिनिबस समितिहरूले नियमित सेवा दिइरहेका छन् । यसैबीच चन्द्रागिरि नगरपालिका-२ का वडाध्यक्ष भाइकृष्ण तामाङसँगको छलफल तथा स्थानीयहरूको समस्यालाई मध्यनजर गर्दै रिद्धि सिद्धि यातायातले चन्द्रागिरि नगरपालिकासमक्ष नियमित यात्रुबस सेवा दिन प्रस्ताव पेश गरेको छ ।

सो यातायात प्रा.लि.का प्रबन्ध निर्देशक नेत्रविनोद लुँइटेलले दैनिक ५ वटा यात्रुबस पिपलामोडदेखी भक्तपुरको चाँगुनारायण नगरपालिकाको नेपाल इन्जिनियरिङ क्याम्पससम्म बिहान ५ बजेदेखी बससेवा सुरू गर्न अनुदानका लागि प्रस्ताव पेश गरेको बताउनुभयो । जसमा नगर प्रमुख घनश्याम गिरी सकरात्मक हुनुभएको बुझिएको छ ।

यस बारेमा सोमबार बस्ने बैठकले अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *