सभा गुहमा नगरपालिका संघको महाधिवेशन सुरु

Thankot Times

थानकोट ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा नेपाल नगरपालिका संघको ८औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । सोमबार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख-उपप्रमुखहरुको सहभागिता रहेको संघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ