एलन मस्कले गरे ट्वीटरको सीईओ पद छाड्ने घोषणा

Thankot Times

थानकोट ।

व्यवसायी एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो पद छाड्ने बताएका हुन् ।

उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि, नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए । त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *