कीर्तिपुर नगरपालिकाले चैत महिनाभित्रै सबै योजना सम्पन्न गर्ने
थानकोट ।
कीर्तिपुर नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्नु पर्ने सबै योजनाको काम आगामी चैत मसान्तभित्रै नै सम्पन्न गर्ने भएको छ । त्यसका लागि नगपालिकाले आर्थिकको प्रारम्भदेखि नै योजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ ।
अहिले नगरपालिकाले नगरपालिकाले निर्माणाधिन भौतिक पूर्वाधार निर्माणका काम, सेवा प्रवाह र सुशासनको कामलाई तिव्रता दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले अहिले नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह र सहजिकरणको कामलाई उच्च प्राथमिकता दिएर योजना कार्यान्वयन गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार अहिले योजना धमाधम सञ्चालन भइरहेको र नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा प्राविधिक टीम सहितले योजना अनुगमन गर्ने काम भइरहेको छ ।
विभिन्न चरणमा योजनाको अनुगमन गरेर प्राविधिक प्ररीक्षण पश्चात मात्र योजनाको भुक्तानी प्रदान गर्ने गरिएको छ । स्थानीय सरका सञ्चालन ऐनले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा योजना अनुगमन गर्नुपर्ने व्यवस्था गरेको छ ।














