बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

Thankot Times

थानकोट । 

बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आइतबार बिहान ९३ वर्षको निधन भएको छ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन पुरा गरेका थिए।

उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य, सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (वि.सं २०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्।

७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत उनले जोडेका थिए।

२ छोरा र १ छोरी रहेका बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका खुलासमेत गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ