तीव्र गतिमा रहेको पानी ट्याङ्कर दुर्घटना हुँदा काठमाण्डाैमा एक जनाको ज्यान गयो, दुई जना घाइते
थानकोट ।
दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
शनिबार बेलुका ६ः३० बजे बा. ३ ख. ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ ।
वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीव्र गतिका कारण पानी ट्याङ्कर दुर्घटनामा परेको हो ।














