प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न सहमति, सहमतिमा हस्ताक्षर हुँदै
थानकोट ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र उन्मुक्ति पार्टी सम्मिलित सरकार बन्ने सहमति भएको छ ।
बैठक सहमतिमा पुगेको र हस्ताक्षरको प्रक्रियामा रहेको बताइएको छ ।
कांग्रेसले पहिलो कार्यकालको प्रधानमन्त्री दिन नमानेपछि प्रचण्ड एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । जहाँ अन्य दलका शीर्ष नेतृत्वपनि छलफलमा सामेल भएका थिए ।














