पब्जी विश्वकप: नेपाली टिम डीआरएस उपविजेता बन्दै जित्यो ३ करोड ८६ लाख पुरस्कार

Thankot Times

थानकोट ।

नेपालको द रियल सोल्जर्स (डीआरएस) ले पब्जीको विश्वकप मानिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो स्थान पक्का गर्दै पुरस्कार स्वरूप कुल २ लाख ९२ हजार अमेरिकी डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) हात पारेको छ ।

टर्कीको एसटुजी ई स्पोर्ट्सले १ सय ९० अंकका साथ पहिलो स्थान हासिल गर्यो ।

एसटुजीले कुल ५ लाख १० हजार अमेरिकी डलर जित्दा डीआरएस १ सय ५८ अंकसहित दोस्रो भएको हो । समान १ सय ५६ अंक जोडेका तेस्रो स्थानको अल्फा ७ ईस्पोर्ट्सले २ लाख १७ हजार तथा चौथो स्थानको गडलाइक स्टलवार्टले २ लाख अमेरिकी डलर जित्यो ।

नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टि२के) १ सय १२ अंकसाथ १३ औं स्थानमा रहयो । टोलीले कुल १ लाख ३२ हजार ५ सय (१ करोड ७५ लाख) अमेरिकी डलर प्राप्त गर्यो । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको टि-२के ले अन्तिम चरणमा भने कमजोर प्रदर्शन गर्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *