चाैंथो थानकोट गोल्डकपः व्यक्तिगत विधाका विजेतालाई पुरस्कार प्रायोजन गर्न हानाथाप
थानकोट ।
फाल्गुन ६ गतेबाट चन्द्रागिरि नगरपालिका-३ पिम्फलीस्थित गलबन खेलमैदानमा सुरू हुने चाैंथो थानकोट गोल्डकपको तयारी सुरू भएको छ ।
प्रतियोगिताका संयोजक इञ्जिनियर भुवन गिरीका अनुसार चाैथो संस्करणको थानकोट गोल्डकपका विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।
चन्द्रागिरि-३ गलबनस्थित पिम्फली खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल काैशल प्रदर्शन गर्ने खेलाडीहरूले जनही ५ हजार रूपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् । जसका लागि खेलप्रेमीहरूले प्रायोजन गर्न प्रतिबद्धता जनाउनुभएको छ । जसअनुसार प्रतियोगिताको उत्कृष्ठ गोलरक्षकका विजेताका लागि चन्द्रागिरि-१२ बलम्बु निवासी राजन नकर्मीले प्रायोजन गर्न प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ठ डिफेन्डरका विजेताका लागि चन्द्रागिरि-१० निवासी अमृत श्रेष्ठले प्रायोजन गर्न प्रतिबद्धता जनाउनुभएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीका लागि प्रमिला कटवालले प्रायोजन गर्न प्रतिबद्धता जनाउनुभएको प्रतियोगिता संयोजक गिरीले जानकारी दिनुभयो । त्यस्तै, प्रतियोगिता अन्तर्गत सञ्चालन हुने हरेक खेलका प्लेयर अफ दि म्याचका लागि ईञ्जिनियर बरूण केसीले तथा प्रतियोगिताको उच्च गोलकर्ताका लागि चन्द्रागिरि-१५ का ईञ्जिनियर सनम थापाले प्रायोजनका लागि प्रतिबद्धता जनाउनुभएको बताइएको छ ।
प्रतियोगितामा चन्द्रागिरि नगरक्षेत्रका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतिकात्मक तस्बिर













