चन्द्रागिरिका राकेशलाई जापानमा स्वर्णपदक, सानुमायालाई दुईवटा कांस्यपदक
थानकोट ।
जापानको योकोहामामा भएको ११ औं सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ३ कांस्य पदक जितेको छ ।
नेपालका लागि एरिका गुरुङले महिला ६८ केजीमाथि स्वर्ण जितेकी हुन् ।
यस्तै, राकेश मानन्धरले पुरुष ६० केजीमुनि स्वर्ण पदक जितेका छन् प्रतियोगितामा निरुपा दोङ तामाङ महिला ६८ केजीमुनि रजत पदकको हकदार बन्दा मिनबहादुर तामाङ पुरुष ६७ केजीमुनि कांस्य जिते ।
महिला टिम कुमुते कांस्य (एरिका गुरुङ, निरुपा दोङ तामाङ, मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङ) ले कास्य पदक जितेका छन भने महिला टिम काता कांस्य (मेघा लिम्बू, एलिसा रास्कोटी र सानुमाया थिङ) कास्य पदक जिते ।














