एसियाली शारीरिक सुगठनमा नेपालका सगेन्द्र सिंहले जिते स्वर्णपदक

Thankot Times

थानकोट ।

नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार उनले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका हुन्।

सिंहको यो वर्षको दोस्रो अन्तरराष्ट्रिय स्वर्ण पदक हो।

यसअघि भुटानमा भएको १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले ८० केजीतर्फ स्वर्णपदक जितेका थिए।

उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्यसहित सात पदक जितेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *