साफ यू-२० महिला च्याम्पियनसिप: नेपाल बंगलादेशससँग ३-१ ले पराजित

Thankot Times

थानकोट । 

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ । 

बंगलादेशको राजधानी ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको दोश्रो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।

खेफमा पहिलो आधा घण्टामै तीन गोल भएको थियो । खेलको तेसो मिनेटमै अकलिमा खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

कप्तान शामसुननाहरले १३ मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । दुई गोलले पछि परेको नेपालले पहिलो हाफमै खेलमा फर्कने प्रयास गर्‍यो । २४ ‌औं मिनेटमा मनमाया दमाईले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्‍याइन ।

त्यसपछि नेपाल बराबरी गोल फर्काउने प्रयासमा रहे पनि सफल हुन सकेन । बंगलादेशले एन्जुरी टाईममन तेस्रो गोल गर्‍यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *