थानकोट गोल्डकपः ल्याक्टो लक्ष्य र गलबन युनाइटेड तथा थानकोट एफसी र वाणस्थली युथ भिड्दै
थानकोट ।
थानकोट क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता थानकोट गोल्डकपको चाैथो संस्करण शनिबारबाट सुरू भएको छ ।
चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा नगरप्रमुख घनश्याम गिरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताको दोश्रो दिन आज दुई वटा खेलहरू सञ्चालन हुनेछन् । दिनको पहिलो खेलमा मध्यान्ह १२ः०० बजे ल्याक्टो लक्ष्य एफसी र गलबन युनाइटेड एफसीबीच खेल हुनेछ । यसैगरि दिउँसो २ बजे थानकोट एफसी र वाणस्थली युथ समाजबीच खेल हुने बताइएको छ ।
शनिबार सम्पन्न उद्घाटन खेलमा साबिक विजेता वी आर ब्रदर्शले मिलन युथ क्लबमाथि ५-२ गोल अन्तरले खेल जितेको थियो ।













