चाैथो थानकोट गोल्डकपः गणेशमान सिंह मेमोरियल र वीआर बदर्श ‘बी’को सुखद सुरूवात

Thankot Times

थानकोट ।

थानकोट क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता थानकोट गोल्डकपको चाैथो संस्करणमा गणेशमान सिंह मेमोरियल क्लब र वीआर बदर्श बी टिमले विजयी सुरूवात गरेका छन् ।

सोमबार सम्पन्न गणेशमान सिंह मेमोरियल क्लब पूर्व विजेता वेस्टर्न युनाइटेड फुटबल क्लबमाथि ३-० को सहज जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्यो । गणेशमान सिंह मेमोरियल क्लबका लागि आयुष कुँवरले २ गोल गर्दा सुजन राउतको नाममा १ गोल रह्यो ।

गणेशमान सिंह मेमोरियल क्लबले अर्को चरणमा मंगलबार हुने विष्णुदेवी फुटबल क्लब र समाज सुधार युवा क्लबको विजेताले फाल्गुन ११ गते हुने कुर्दन एकेडेमीसँगको विजेतासँग फाल्गुन १४ गते प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी सोमबार सम्पन्न प्रतियोगिताको चाैथो खेलमा वीआर बदर्श ‘ख’ टिमले ब्रदर्श यूनिटीमाथि २-१ को कठिन जित दर्ता गर्यो । वीआर बदर्श ‘बी’ टिमका लागि संयोग लिम्बुले २ गोल गरेका थिए भने ब्रदर्श यूनिटीका लागि सायस श्रेष्ठले १ सान्त्वना गोल गरेका थिए ।

विजेता वीआर बदर्श ‘बी’ टिमले अघिल्लो चरणमा फाल्गुन १४ गते किसिपिडी  फुटबल क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत मंगलबार विष्णुदेवी फुटबल क्लब र समाज सुधार युवा क्लबबीच अपरान्ह २ बजे खेल हुनेछ भने सो अघि मध्यान्ह १२ बजे कुर्दन एकेडेमी ए ले चुनदेवी युवा क्लबको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *