१५ शैय्याको अस्पताल बनाउन चन्द्रागिरि नगरलाई मालपोत कार्यालयले दियो जग्गा (पत्रसहित)

Thankot Times

थानकोट । 

साबिक थानकोट गाविस वडा नं. २ को कित्ता नं. ८४ को २३ रोपनी क्षेत्रफलको जग्गा आधारभूत अस्पताल बनाउनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको मालपोत कार्यालय कलंकीले चन्द्रागिरि नगरपालिकाको नाममा उपलब्ध गराउने भएको छ । 

थानकोटमा १५ शैय्याको आधारभूत अस्पताल बनाउन २३ रोपनी जग्गा दिने मन्त्रिपरिषद्को निर्णय

बिहीबार नगरपालिकाको नाममा पत्र पठाउँदै मालपोत कार्यालयले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७९ को दफा ४ को उपदफा ८ बमोजिम चन्द्रागिरि नगरपालिकालाई उपयोग मन्त्रीपरिषद्को निर्णय बमोजिम गर्न स्वीकृति दिइएको प्रमुख मालपोत अधिकृत हरिकृष्ण सुवेदीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

यसैबीच मालपोत कार्यालयले जग्गा प्राप्तिका लागि स्वीकृति दिएसँगै अस्पताल निर्माणको लागि टेण्डर प्रक्रिया अघि बढेको छ । नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले यथासिघ्र अस्पताल निर्माणका लागि केहि दिन भित्रै टेण्डर प्रक्रिया सुरू गरिने जानकारी दिनुभयो । 

फाल्गुन ४ गतेको मन्त्रीपरिषद् बैठकले अस्पताल निर्माणका लागि नगरपालिकालाई जग्गा दिने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *