‘फूलको आँखामा फूलै संसार’ रचियता एवं नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

Thankot Times

थानकोट ।

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ ।

९३ वर्षीय श्रेष्ठको बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । उनी पछिल्लो समयदेखि बिरामी थिए ।

श्रेष्ठले पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीतलगायत विभिन्न विधामा कलम चलाएका थिए । नेपाल भाषा परिषद्ले उनलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो ।

पिजा (१९६७), जी स्वयम्भू त्वथ (१९८६), याका फलेचा (१९८७), इन्क्लाब्य पलासा (१९९१), ट्विस्ट र टर्न, दुर्गालाल श्रेष्ठका कविताहरू (२०००), चिनियाम्हा किसिचा (१९६५), तैभाबा (१९६६), चिनिया चम्पा (१९६७), कुलिकासा (१९६७), सालछ्योन्या बेला (१९६९), माछाबखाँचा (१९९५), सन्ताया कुसा (२००१), माछा बखाँचा, टपाका, जंगल कविता उनका प्रसिद्ध कृति हुन् ।

‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ र ‘फूलको आँखामा फूलै संसार’ श्रेष्ठले रचना गरेका चर्चित गीत हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *