मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

Thankot Times

थानकोट । 

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरको हो ।

कम्पनीले ४ देखि १० फागुनसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको र ७ हजार ५ आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेकााले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा आईपीओ बाँडफाँड भएको छ । जसअनुसार २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । १० कित्ताको दरले बाँडफाँड गर्दा बाँकी सेयर कित्ता १० कित्ता सेयर पाउने ५ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले प्राप्त गरेका छन् ।

आईपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट सिडीएससीको मेरो शेयरको वेबसाइट र सिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ