सुन चाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट । 

नेपाली बजारमा आज सुन तथा चाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ९ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय इरूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँ कायम भएको छ।

बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ