त्रिविका नवनियुक्त उपकुलपति प्रा. डा. थापाद्वारा पदभार ग्रहण

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले पदभार ग्रहण गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै थापाले त्रिविलाई उत्कृष्ट संस्थाको रूपमा विकसित गराउने प्रतिबद्धता व्यक्त गरे ।

थापाले विश्वविद्यालयलाई सरोकारवाला सबैको राय, सुझाव र सहयोगले मात्र उत्कृष्ट बनाउन सक्ने बताउँदै सबैलाई हातेमालोका लागि आग्रह गरे ।

थापा त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ (२)  बमोजिम गठित समितिको सिफारिसअनुसार गएको शुक्रबार उपकुलपतिमा नियुक्त भएका थिए ।

यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपति भइसकेका प्रा.डा थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट विद्यावारिधि गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *