आज सुनको भाउ घट्दा चाँदीको बढ्यो

Thankot Times

थानकोट । 

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा बहुमुल्य धातु सुन भाउ घट्दा चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ६ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ९ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढ्दा १३ सय ७० रूपैयाँ कायम भएको छ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रूपैयाँमा नै कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ