सूचना ढिला दिएको भन्दै सामाजिक सञ्जालमा चन्द्रागिरि हिल्सको चर्को आलोचना

Thankot Times

थानकोट ।

शुक्रबार साँझको हावाहुरीपछि गण्डोला खाली गरी बन्द गरिएको चन्द्रागिरि हिल्सद्वारा चन्दागिरि नगरपालिका-४ थानकोटमा सञ्चालित केबलकार शनिबार दिनभर सञ्चालन नुहुँदा यस क्षेत्रमा आएका स्वदेशी एवं विदेशी पर्यटकहरू दिनभर केबलकार परिसरमा कुरेर फर्किएका छन् ।

उनीहरूले समयमै केबलकार प्रशासनले सूचना दिएको भए दुःख पाउनुपर्ने थिएन् भन्ने धारणा राखेका छन् ।

चन्द्रागिरि हिल्सले शनिबार राति १० बजे सामाजिक सञ्जालमा विज्ञप्ती जारी गर्दै शुक्रबारको हावाहुरीपछि शनिबार केबलकारसँग सम्बन्धित उपकरण जाँच गराउनका लागि शनिबार दिनमा समेत सो जाँच निरन्तर रहेको जानकारी दिएको थियो । जुन विज्ञप्तीमा अधिकाशंले समयमै सूचना नदिएको, गैर व्यवसायिक बनेको लगायतका प्रतिक्रिया दिएका छन् ।

शनिबार साँझ करिब ५ बजे केबलकार सुचारू भएको देखिएपनि चन्द्रागिरि हिल्सले यस बारेमा कुनै धारणा सार्वजनिक गरेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *