फ्लाई दुबईकाे जहाजमा आगाे देखिएको प्रकरण: फ्लाई दुबईले भन्यो– चरा ठोक्किएर जहाजमा आगो लागेको हो

Thankot Times

थानकोट ।

काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा काठमाडौंको आकाशमाथि चरा ठोक्किएको दुबईकाे सरकारी निकाय दुबई मिडिया अफिसले जनाएको छ । टेकअफ गरेको केही मिनेटमै फ्लाइट नम्बर एफजेट ५७६ को विमानमा आगलागी भएपछि सुरुमा विमान काठमाडौंमै अवतरणको तयारी भएको थियो । तर, पछि विमान गन्तव्यतर्फ फर्किएको थियो ।

दुबई मिडिया अफिसले अहिले विमानका इन्जिनहरू नर्मल रहेको भन्दै स्थानीय समयअनुसार २ बजे विमान दुबईमा ल्यान्ड गर्ने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *